२०८१ असोज ३, बिहिवार , १२:०३:०७ बजे

Sajhamanch
'

‘अब बदलीको दिन बढ्छ, गर्मीबाट राहत मिल्छ’

Author Image
आइतवार, जेठ २८, २०८०

 

काठमाडौं । अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् ।मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । ‘त्यसैले तराईका भू-भागहरूको अधिकतम तापक्रम नबढ्ने देखिन्छ,’ महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा लेखिएको छ, ‘कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’

शनिबार रातिदेखि नै रातिदेखि कोशी प्रदेशलगायत देशका पहाडी भू(भागमा आंशिक बदलीको अवस्था छ । कोशी प्रदेशको विराटनगरमा शुक्रबारदेखि नै तापक्रम घटेको थियो । बिहीबार विराटनगरको अधिकतम तापक्रम ४२।६ डिग्री सेल्सियस पुगेकोमा शनिबार ३५।३ मापन भएको थियो ।
वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार अब क्रमशः बदलीको दिन बढ्ने छ र वर्षा पनि हुने छ । त्यसकारण तापक्रम पनि घट्ने हुँदा गर्मीबाट राहत मिल्ने छ ।

सोमबार र मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा उल्लेख छ ।

Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर