२०८१ असोज ३, बिहिवार , १२:०२:४० बजे

Sajhamanch
'

आधा समय विद्यालय संचालन गर्दै रौतहटका पालिकाहरु

Author Image
आइतवार, जेठ २८, २०८०

रौतहट । रौतहटका अधिकांश पालिकाहरुले विद्यालय संचालनको समय परिवर्तन गरेको छ। गत हप्ता शिक्षा विकास तथा समन्वय इकाईको परिपत्र अनुसार जिल्लाका पालिकाहरुले विद्यालयमा गर्मी विदा दिएको भए पनि गर्मी लगातार बढेपछि वैकल्पिक उपाय अपनाएको देखिएको छ।

अत्यधिक गर्मी रहेको र दिउँसो लु लाग्ने डर रहेको अवस्थामा पालिकाहरुले बिहानको आधा समय मात्र विद्यालय संचालन गर्ने तयारी गरेका छन्।

रौतहटका गौर, गरुडा, गढीमाई लगायतका नगरपालिकाहरुले समय परिवर्तन गरेर आइतवारदेखि विद्यालय संचालन गर्ने निर्णय सार्वजनिक गरेका छन्।

रौतहट सदरमुकाम गौर नगरपालिकाले बिहान ६ः२० देखि ९ः२०सम्म कक्षा संचालन गर्ने भएको छ। यसै गरी गरुडा तथा गढीमाई नगरपालिकाले बिहान ६ः३०देखि ९ः३०सम्म कक्षा संचालन गर्ने निर्णय सार्वजनिक गरेका छन्।

विद्यालयमा टाढाटाबाट विद्यार्थीहरु पढ्न आउने तथा पढेर फर्किन सजिलो होस् भनेर हरेक दिन कम्तीमा तिन घन्टा विद्यालय संचालनको निर्णय गरिएको बताइएको छ।

Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर