२०८१ असोज ३, बिहिवार , ११:५९:२९ बजे

Sajhamanch
'

कमलमा पतञ्जलि योग समितिको नयाँ नेतृत्व

Author Image
आइतवार, जेठ २८, २०८०

 

कमल । पतञ्जलि योग समिति कमलको अध्यक्षमा तिलोचन गौतम चयन भएका छन् । आज बिहानको भेलाले नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा प्रेमप्रसाद विमली, महामन्त्री मोहनलाल खनाल, संगठन मन्त्री घनश्याम प्याकुरेल, कोषाध्यक्ष रविन्द्रप्रकाश चापागाई चयन भएका निर्वाचन समितिका सदस्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

समितिको सदस्यहरुमा मेदनीप्रसाद कोइराला, लैनबहादुर पौडेल, भिम नेपाल, उमेश श्रेष्ठ, देवीप्रसाद चापागाई, वीरेन्द्र सहनी, दुर्गा अधिकारी र डिकबहादुर लिम्बू चयन भएका छन् । यस्तै, सल्लाहकार समितिको संयोजकमा बालकृष्ण अधिकारी र सदस्यहरुमा दिवाकार पौडेल र गोपाल भट्टराई चयन भएका निर्वाचन समितिका सदस्य भण्डारीले जानकारी दिए ।

पतञ्जलि योग समिति कमलका निवर्तमान अध्यक्ष कृष्णप्रसाद ओझालाई सहयोगी प्रशिक्षकमा मनोनित भएकोमा सम्मान पनि गरिएको थियो । नव निर्वाचित समितिलाई कोशी प्रदेशका महामन्त्री लक्ष्मीप्रसाद काफ्ले, महिला पतञ्जलि योग समिति झापाका अध्यक्ष प्रेमकला निरौला लगायतले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

निर्वाचन समितिका संयोजक सुशिल निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेमप्रसाद बिमलीले शाब्दिक स्वागत गरेका थिए भने नवनिर्वाचित समितिका तर्फबाट अध्यक्ष तिलोचन गौतमले प्रतिवद्धता मन्तव्य राखेका थिए । कार्यक्रम झापा जिल्ला मिडिया प्रभारी उमानाथ भण्डारीले सञ्चालन गरेका थिए ।

Views: 41
आइतवार, जेठ २८, २०८० | समाज, स्वास्थ्य

प्रतिक्रिया (०)

सम्बन्धित खबर