२०८१ असोज ३, बिहिवार , १२:०१:०४ बजे

Sajhamanch
'

जनता माविलाई कर्णाली र आएमडिसीबाट १५ वटा सिलिङ पङ्खा प्रदान

Author Image
सोमवार, असार ४, २०८०

शरणामति (झापा) । झापा गाउँपालिका वडा नं. ६, शरणामतिमा रहेको जनता माविलाई दुईवटा वित्तीय संस्थाहरुले संयुक्तरुपमा १५ वटा सिलिङ पङ्खा प्रदान गरेका छन् ।

बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौको साझेदारीमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

सो कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले संस्थाको अवस्था र सामाजिक उत्तरदायित्वका बारेमा प्रकाश पारेका थिए । उनले १५ वटा सिलिङ पङ्खा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनप्रसाद मिश्र र विद्यालयका प्रधानाध्यापक सूर्यकान्त राउतलाई हस्तान्तरण गरेका थिए ।

कर्णाली साकोसका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा विद्यालय प्राङ्गणमा गरिएको कार्यक्रमको प्रमुख आतिथ्यता वडाध्यक्ष नबिनकुमार थापाको रहेको थियो । कर्णाली साकोसका कोषाध्यक्ष एकराज विष्टले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन कर्णाली साकोसका सचिव भूपाल बस्नेतले गरेका थिए ।

सो कार्यक्रममा विद्यालयको तर्फबाट शिक्षक प्रतिनिधि भक्त बानियाँ, शिक्षक संगठनका अध्यक्ष टिकाप्रसाद कट्टेल, शिक्षक महासंघका अध्यक्ष जगन्नाथ राजवंशी र शिक्षक संघका अध्यक्ष रोहित पोद्धारले आ–आफ्ना भनाईहरु राखेका थिए ।

Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर