२०८१ असोज ३, बिहिवार , ०८:०८:१८ बजे

Sajhamanch
'

अनेरास्ववियु झापाको २१औं अधिवेशन तयारी पूरा

Author Image
आइतवार, जेठ २८, २०८०

झापा । नेकपा एमालेको जनसंगठन अनेरास्ववियु झापाको २१औं जिल्ला अधिवेशनको तयारी पूरा भएको संगठनले जनाएको छ । शनिबार अपरान्ह जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी यही जेठ २९ गते बिर्तामोडमा हुने अनेरास्ववियूको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो ।

बिर्तामोडको सिटी सेन्टरमा अधिवेशन स्थल निर्धारण गरिएको, प्रमुख अतिथिका रुपमा संगठनका केन्द्रीय अध्यक्ष समिक बढाल आउने, अधिवेशनका लागि आयोजकसहित ७०३ जना प्रतिनिधिहरुको चयन भइसकेको विषयमा जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक रोशन लामाले जानकारी दिए ।

अनेरास्ववियुको जिल्ला अध्यक्ष भएर आफूले १७ महिना काम गरेको बताउँदै लामाले २०७३ सालको स्ववियु निर्वाचनमा झापाका दुई वटा क्याम्पसमा मात्र जितेको अनेरास्ववियुले आफ्नो कार्यकालमा जिल्लाका १२ वटामध्ये ६ वटामा विजय हासिल गरेको उल्लेख गरे । उनले शैक्षिक मुद्धामा पनि धेरै काम भएको दावी गरे ।

‘समृद्धिको निम्ति व्यवहारिक शिक्षा, वर्तमान राजनीतिमा विद्यार्थीको सहभागिता’ भन्ने मूल नाराका साथ जिल्ला अधिवेशन गर्न लागिएको हो । अधिवेशनबाट ३९ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ ।

पत्रकार सम्मेलनमा नेकपा एमाले झापाका उपसचिव असारु राजवंशीले पार्टीको बलियो जनसंगठनका रुपमा अनेरास्ववियूको योगदान स्मरणीय रहेको बताउँदै अब बन्ने नेतृत्व अझ सशक्त बनाउन विद्यार्थीहरुलाई सुझाए ।

Views: 49
आइतवार, जेठ २८, २०८० | मुख्य समाचार

प्रतिक्रिया (०)

सम्बन्धित खबर