२०८१ असोज ३, बिहिवार , ०८:२२:४७ बजे

Sajhamanch
'

झापामा राष्ट्रिय कराँते प्रतियोगिता, सभामुख देवराज घिमिरेले गरे उद्घाटन

Author Image
आइतवार, जेठ २८, २०८०

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक खेलका कारण साँच्चैका खेलहरू ओझेलमा परेको बताएका छन्।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी झापाद्वारा बिर्तामोडमा आयोजित प्रथम मदन भण्डारी राष्ट्रिय कराँते प्रतियोगिता २०८० उद्घाटन गर्दै सभामुख घिमिरेले विगतमा प्रतिकूल परिस्थितिमा पनि खेल क्षेत्रलाई उचाइमा पुर्‍याउने खेलाडीहरूको उच्च सम्मान हुन नसकेको बताए।

उनले भने, ‘हिजोको प्रतिकूल परिस्थितिमा भूमिगत भएर पनि खेल क्षेत्रलाई खेलाडीहरूले उचाइमा पुर्‍याउनुभयो। तर, राजनीतिक खिचातानीका कारण साँच्चैका खेल र खेलमा सहभागीहरूको उचित मूल्यांकन राज्यले गर्न सकेको छैन।’

आफूहरू प्रतिबन्धित रहेको अवस्थादेखि अहिलेसम्म खेलाडीहरूले राजनीतिकर्मीहरूलाई ‘गाइड’ गरिरहेका सभामुख घिमिरेको भनाइ थियो।

Quote:

नेता मदन भण्डारीको हत्या भएको पनि तीस वर्ष बितिसकेको अवस्थामा उनको हत्यापछि जन्मेका युवावर्गलाई मदन भण्डारीबारे चिनाउने अवस्था मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको उनले बताए।

Quote with image:

घिमिरेले भने, ‘मदन भण्डारीलाई चिनाउने काम मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको कामप्रति हामी गौरवान्वित भएका छौँ।’

विशेषगरी कराते खेलको उन्नतिका बारेमा प्रतिनिधि सभाबाट के–कस्ता कानुन वा नियम बनाउनुपर्छ भन्नेबारे कराते खेलका प्रशिक्षकसँग समन्वय गरेर कानुन वा नियम बनाउने काममा आफू लाग्ने उनले प्रतिबद्धता व्यक्त गरे।

सभामुख घिमिरेले भने, ‘म आफ्नो तर्फबाट खेल क्षेत्रको उन्नयनका लागि भूमिका निर्वाह गर्नेछु।’

झापाको बिर्तामोडमा आयोजना भइरहेको मदन भण्डारी प्रथम राष्ट्रिय कराँते प्रतियोगिता २०८० आइतबार सम्पन्न हुनेछ। प्रतियोगिताका लागि सातवटै प्रदेशबाट खेलाडी सहभागी भएका छन्।

Views: 165
आइतवार, जेठ २८, २०८० | मुख्य समाचार

प्रतिक्रिया (०)

सम्बन्धित खबर