२०८१ असोज ३, बिहिवार , ०७:४४:५६ बजे

Sajhamanch
'

सिएमसीको कार्यशालामा गुरागाई सहजकर्ता, नेतृत्व चयन पनि सँगसँगै

Author Image
सोमवार, असार ४, २०८०

झापा । झापाका सहकारी संघ–संस्थाहरुमा कार्यरत प्रबन्धक कर्मचारीहरुको संगठन कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी)को पहिलो जिल्ला अधिवेशन आगामी असार २ गते हुने भएको छ ।

केही महिना पहिले गठन भई क्रियाशील रहेको क्लब औपचारिकरुपमा दर्ता भइसकेकाले जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व पनि चयन गर्न लागिएको हो ।

जिल्लाभरका सहकारी संघ–संस्थाहरुबाट सिइओ, कार्यकारी प्रमुख, ब्यवस्थापक वा प्रबन्धकहरुको उपस्थितिमा नेतृत्व चयन गरिने अध्यक्ष खोम बगालेले जानकारी दिए । सिएमसी कार्यकारी बोर्ड १३ सदस्यीय हुनेछ । त्यसमध्ये अधिवेशनले ११ जना चयन गर्ने व्यवस्था रहेको अध्यक्ष बगालेले जानकारी दिए ।

असार २ गते शनिबार बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा क्लबले ‘वर्तमान सहकारी क्षेत्रमा देखिएका समस्या र समाधान’ विषयक कार्यशाला गोष्ठीसँगै जिल्ला अधिवेशन पनि गर्ने तयारी गरेको सचिव सन्तोषकुमार श्रेष्ठले बताएका छन् । उक्त विषय माथि राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहजीकरण गर्नेछन् ।

Views: 43
सोमवार, असार ४, २०८० | सहकारी

प्रतिक्रिया (०)

सम्बन्धित खबर