२०८१ असोज ३, बिहिवार , ०८:०४:५० बजे

Sajhamanch
'

बगालेको अध्यक्षतामा सिएमसी झापाको ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित

Author Image
सोमवार, असार ४, २०८०

झापा । झापामा सञ्चालित सहकारी संघ–संस्थाका ब्यवस्थापक कर्मचारीहरुको नेतृत्वदायी संस्था कोअपरेटिभ्स म्यानेजर क्लब (सिएमसी)ले आज बिर्तामोडमा सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धी विज्ञ सम्मिलित कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

राष्ट्रिय सहकारी बैंकको प्रायोजनमा सो बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंको सहजीकरणमा सो कार्यशाला भएको हो । सहजकर्ता गुरागाईंले सहकारीमा देखिएका विद्यमान समस्याहरुलाई वित्तीय र गैह्र वित्तीय वर्गमा विभाजन गरी को कसबाट समस्याहरु उठान भएको हुनसक्छ भनी कारण केलाएका थिए ।

उनले मुलतः तरलता संकुचनले आज सहकारीहरुलाई अप्ठ्यारो भइरहेको सुनाउँदै यस्तो हुनका लागि विभिन्न कारणहरु बुँदागतरुपमा प्रष्ट पारेका थिए । सहकारीमा समस्या आउनुका कारणहरुमा सहकारीको सैद्धान्तिक प्रयोगको समस्या, वित्तीय सहकारीमा संरचनागत कमजोरी हुनसक्ने गुरागाईंको ठम्याई थियो ।

यस्तै, नियमनकारी निकायको उदासिनता, वित्तीय सहकारीमा जोखिम व्यवस्थापन संयन्त्र नहुनु, दक्ष जनशक्तिको अभाव हुनु वा सुशासनको अभावमा पनि सहकारीहरु समस्यामा पर्ने उनको भनाई छ ।

क्लबका संस्थापक अध्यक्ष खोमप्रसाद बगालेको अध्यक्षतामा आयोजित सो कार्यक्रममा उनले सहकारी अभियानलाई बलियो बनाउने उद्देश्यले नै सहकारी व्यवस्थापक क्लब स्थापना गरिएको प्रष्ट पारेका थिए ।

उनले सहकारीमा कार्यरत कर्मचारीको हकहितका लागि पनि क्लवले काम गर्ने बताए । क्लवमा आजसम्म ७६ जना सदस्यहरु आवद्ध भएको अध्यक्ष बगालेले जानकारी दिए ।

क्लबलाई संस्थागत विकासका लागि आ–आफ्नो अनुभव सुनाउने, सिक्ने र सिकाउने थलोका रुपमा विकास गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।

सो कार्यशाला गोष्ठीमा राष्ट्रिय सहकारी बैंक लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती, सञ्चालक समिति सदस्य महेन्द्रकुमार गिरी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक गणेश ढकाल, जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्यौपाने लगायतले आफ्ना धारणा राखेका थिए ।

सोही अनुसार कार्यसमिति निर्विरोध निर्वाचित गरिएको निर्वाचन अधिकृत दाहालले घोषणा गरेका थिए । जसअनुसार, कोअपरेटिभ्स म्यानेजर क्लब (सिएमसी) झापाको अध्यक्षमा खोमप्रसाद बगाले, उपाध्यक्षमा निलकण्ठ निरौला, महासचिव सन्तोषकुमार श्रेष्ठ र कोषाध्यक्ष तुलसा कुँवर निर्वाचित भएका छन् ।

क्लबका सदस्यहरुमा मानस सिटौला, लीलानाथ रेग्मी, कृष्ण ढुंगाना, विष्णुप्रसाद चुडाल, तिलकबहादुर कार्की, अनिता गुरागाईं र विवेक राई निर्विरोध भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत दाहालले पद तथा गोपनियताको सपथ गराएका थिए ।

Views: 36
सोमवार, असार ४, २०८० | सहकारी, स्थानीय तह

प्रतिक्रिया (०)

सम्बन्धित खबर