२०८१ असोज ३, बिहिवार , ११:३८:१८ बजे

Sajhamanch
'

सहकारीमा सुरक्षाको प्रत्याभूति माग गर्दै प्रशासनमा निवेदन

Author Image
आइतवार, जेठ २८, २०८०

झापा । वर्तमानमा विभिन्न अराजक व्यक्ति तथा समूहले वित्तीय क्षेत्रमाथि गरिरहेको भौतिक आक्रमण एवम् दुव्र्यवहारबाट व्यवसायमा नकारात्मक असर गरेको भनी झापाका सहकारी अभियन्ताहरुले सुरक्षाको माग गरेका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई आज झापा जिल्ला सहकारी संघले सुरक्षाको प्रत्याभूति पाउँ भन्दै निवेदन पेस गरेको हो । झापा जिल्ला सहकारी संघले अध्यक्ष गणेश ढकालको संयोजकत्वमा गठन गरेको सहकारी समस्या समाधान सहजीकरण कार्यदलले जिल्ला प्रशासन कार्यालय भद्रपुर गएर प्रजिअ पोखरेललाई उक्त निवेदन दिएको हो ।

कार्यदलको आज बसेको बैठकको निर्णयानुसार जिल्लाका सहकारी संघ-संस्था र लघुवित्त सेवा प्रदायक संघ-संस्था माथि विभिन्न अराजक व्यक्ति तथा समूहले भौतिक आक्रमण गर्ने, कर्मचारीहरुलाई हातपात गर्ने, कार्यकक्ष तोडफोड गर्ने गराउनेजस्ता क्रियाकलाप गर्ने गरेकाले त्यस्ता व्यक्ति तथा समूहलाई पक्राउ गरी कानूनी कारबाही गरी सहकारी संघ–संस्थाको पूर्ण सुरक्षाको प्रत्याभूति माग गरिएको छ ।

प्रजिअलाई निवेदन बुझाउन जिल्ला संघका अध्यक्ष ढकालसहित वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल, जिल्ला बचत संघका उपाध्यक्ष विपी भट्टराईलगायत सहकारी अभियन्ताहरु जिल्ला प्रशासन कार्यालय भद्रपुर गएका थिए ।

Views: 41
आइतवार, जेठ २८, २०८० | स्वास्थ्य

प्रतिक्रिया (०)

सम्बन्धित खबर