२०८१ असोज ३, बिहिवार , ०७:४४:५९ बजे

Sajhamanch
'

चुलाचुलीमा सहकारी संस्थाद्वारा सदस्यलाई पशुपालन तालिम प्रदान

Author Image
आइतवार, जेठ २८, २०८०

 

चुलाचुली (इलाम) । पशुपालनका लागि प्रचुर सम्भावना रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकाका कृषकहरु पछिल्लो समय पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । अन्य विकल्प नभएका कृषकहरु पशुपालनतर्फ आकर्षित भएपछि विभिन्न संस्थाले उनीहरुलाई दक्ष बनाउने गरी तालिम पनि प्रदान गरिरहेको पाइएको छ ।

सोही क्रममा चुलाचुली ४ स्थित पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले महिला जागरण संघ इलाम र सम्वृद्ध पहाड परियोजना इलामको सहयोगमा पशुपालन सम्बन्धी दुई दिवसीय तालिम सम्पन्न गरेको पाइएको हो । व्यवसायिकरुपमा पशुपालन गरिरहेका ३० जना कृषकलाई सहभागी गराएर तालिम सञ्चालन गरिएको हो । पशु स्वास्थ्य प्राविधिक उमानाथ भण्डारीले सो तालिमको सहजीकरण गरेका थिए ।

जिल्लामा सञ्चालित सहकारी संस्थाहरुसँग समन्वय गरी कृषकका लागि प्रकारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको महिला जागरण संघ इलामले जनाएको छ । चुलाचुलीमा आएर पाथीभरा सहकारी संस्थासँग समन्वय गरी पशुपालन सम्बन्धी तालिम सञ्चालन गर्न पाउँदा आफू धेरै हर्षित भएको संघका अध्यक्ष अनुजा सिवाकोटीले बताइन् ।

Views: 52

आइतवार, जेठ २८, २०८० | सहकारी

प्रतिक्रिया (०)

सम्बन्धित खबर